बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ? « Arthapath.com
१८ पुष २०८१, बिहीबार

बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?



काठमाडौं । बिहीबार सुनको भाउ वृद्धि भएको छ । साताको पाँचौं कारोबार दिन छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ वृद्धि भएको हो ।

बुधवार सुनको भाउ १ लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, बिहीबार भने बढेर १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँ वृद्धि भएको छ । बुधवार १ हजार ७६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने १ हजार ७९० कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्