प्रतितोला २ हजार महँगियो सुन, चाँदीको पनि बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ ह्वात्तै वृद्धि भएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ हजार रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ५१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज आज बढेर १ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामै २० रुपैयाँ वृद्धि भएको छ । बिहीबार १ हजार ७९० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज भने बढेर १ हजार ८१० रुपैयाँ कायम भएको छ ।