प्रतितोला १ हजार ५०० रुपैयाँ सस्तियो सुनको भाउ, चाँदीको भने स्थिर

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ घटेको हो ।
अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ५३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत शुक्रबार एकैदिन २ हजार रुपैयाँ वृद्धि भएको थियो ।
यस्तै, आइतबार चाँदीको भाउ भने स्थिर छ । गत शुक्रबार १ हजार ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।