यस्तो छ आजको सुनचाँदीको बजारभाउ

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ
आइतबार पनि सुन सोही मूल्य कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको हो ।