आज कति सुनचाँदीको भाउ ? « Arthapath.com
२३ पुष २०८१, मंगलवार

आज कति सुनचाँदीको भाउ ?



काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर छ । सुनको तीन दिन यता एउटै मूल्यमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार १ लाख ५२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसपछि सोमबार र आज (मंगलबार) पनि सोही मूल्य कायम भएको हो ।

यस्तै, आज चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी तोलामा २० रुपैयाँ बढेर १ हजार ८३० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्