आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । लगातार तीन दिन एउटै मूल्य कायम भएको सुनको भाउ आज भने वृद्धि भएको छ ।
आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ५२ हजार ५०० रुपैयाँ तोकिएको छ ।
गत आइतबार १ लाख ५२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसपछि सोमबार र मंगलबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।
साताको चौंथो कारोबार दिन चाँदीको मूल्य भने स्थिर छ । मंगलबार १ हजार ८३० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएो छ ।