सोल्टी होटलको लाभांश सेयरधनीको खातामा
काठमाडौं । सोल्टी होटलले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ ।
सोल्टीले मंसिर १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ ।
कम्पनीको पुस ४ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट २६.८४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही लाभांश होटलले सेयरधनीलाई पठाएको हो ।













