बजार घट्दा पनि यी कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कसले कति कमाए ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बजार घट्दा पनि यी कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कसले कति कमाए ?



काठमाडौं । सेयर बजारमा गिवरावट आउँदा पनि चार कम्पनीको सेयर मूल्यमा भने उछाल आएको छ ।

आज बोतलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रोपावर, अपर हेवा खोला हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

साताका अन्तिम कारोबार दिन एनआइसी एशिया सेलेक्ट फन्ड–३० को सेयर भाउ पनि ९.०९ प्रतिशत, पिपुल्स पावरको ६.६५ प्रतिशत, बुद्धभूमि नेपालको ६.४३ प्रतिशत वृद्धि भएको छ।

यी बाहेकका आज भुगोल इनर्जी, सेन्चुरी डिबेन्चर २०८८, सिक्लेस हाइड्रोपावर लगायतका कम्पनीहरुले कमाएका छन्।


प्रतिक्रिया दिनुहोस्