पाँच कम्पनीमा झुम्मिए लगानीकर्ता, आज कुन कम्पनीको कित्ता बिक्री भयो ? « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

पाँच कम्पनीमा झुम्मिए लगानीकर्ता, आज कुन कम्पनीको कित्ता बिक्री भयो ?



काठमाडौं । सेयर बजारमा उछाल आएको छ । बुधवार बजार एकैदिन ५२.३६ बढेको हो । उक्त दिन बजार परिसूचक २ हजार ६६५.४५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु हरियाली बनेका छन् ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । आज ९ अर्ब ६ करोड ६ लाख रुपैयाँ बढीको सेयर खरिदबिक्री भएको छ । आज १ करोड ७५ लाख ४२ हजार ९९३ कित्ता सेयर किनबेच भएको हो ।

उक्त दिन पाँच कम्पनीमा लगानीकर्ताको बढ्दो आकर्षण देखिएको छ । दुई पुनर्बीमा कम्पनीसहित ५ वटाको उच्च सेयर कारोबार भएको छ ।

उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक सेयर किनबेच भएको छ । आज कम्पनीको ६१ करोड ३६ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ । आज कम्पनीको ५ लाख १४ हजार ७०६ कित्ता सेयर खरिदबिक्री भएको छ । आज कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता १ हजार २०७.८० रुपैयाँ कायम भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो सूचीमा रहेको नेपाल पुनर्बीमा कम्पनीको पनि ४१ करोड २९ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। आज कम्पनीको ४ लाख ५० हजार १९१ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर भाउ भने ९०२ रुपैयाँ कायम भउको छ।

यस्तै, आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको ३१ करोड ९६ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको कुल ३ लाख ६६ हजार १८१ कित्ता सेयर खरिदिबिक्री भएको हो ।

यता, सीइडीबी होल्डिङको पनि २९ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको १ लाख ५९ हजार ६०९ कित्ता र सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड ८ लाख २८ हजार रुपैयाँ बरारको १ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ ।

बुधवार नेपाल लाइफको १७ करोड ४३ लाख, सानिमा मिडल तमोरको १६ करोड ८३ लाख, हिमालयन पावर पार्टनरको १६ करोड ७६ लाख, निफ्राको १४ करोड ६३ लाख, युनियन हाइड्रोपावरको १३ करोड ७१ लाख, रिभर फल्स पावरको १२ करोड ५२ लाख, सिन्धु विकासको ११ करोड ९६ लाख र ग्रीन डेभलपमेन्ट बैंकको १० करोड ३९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्