घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१५ माघ २०८१, मंगलवार

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य यस दिन पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा किनबेच भईरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्