समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (माघ २३ गते, बुधबार) अन्तिम दिन रहेको छ। संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली बुकक्लोज गर्दैछ।

त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सस्थाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न आगामी फागुन ११ गते, मिराबेल रिसोर्ट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा एघारौँ वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान साढे ११ बजे सुरु हुनेछ।


प्रतिक्रिया दिनुहोस्