१ लाख ७० हजार नाघ्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ फेरि बढ्न थालेको छ । शुक्रबार छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको हो ।
बिहीबार १ लाख ६९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार साताको अन्तिम कारोबार दिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर १ हजार ९७० रुपैयाँ कायम भएको छ । बिहीबार भने १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।