बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
११ फाल्गुन २०८१, आईतवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

यो सँगै छापवाला सुन प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँ घटेर १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको थियो ।


प्रतिक्रिया दिनुहोस्