बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो ।
यस दिन छापावाल एक लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारको बजारमा छापावाल एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।