भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्रीको तयारी सुरु, केवलकार टिकटमा ५० प्रतिशत छुट « Arthapath.com
१४ असार २०८३, आइतबार

भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्रीको तयारी सुरु, केवलकार टिकटमा ५० प्रतिशत छुट



काठमाडौँ। यहि फागुन १४ गते बुधवार पर्न गएको महाशिवरात्री २०८१ को पावन अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न हुन लागेको महाशिवरात्री विशेष भक्तिमय उत्सवको भव्यताका साथ तयारी सुरु भएको छ ।

महाशिवरात्रीमा चन्द्रागिरीमा अवस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको हो ।

महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत संचालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने छ ।

चन्द्रागिरी हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ९ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्