वीरगन्जमा टाटा योधा १.५टी क्षेत्रीय सार्वजनिक कार्यक्रम सम्पन्न « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

वीरगन्जमा टाटा योधा १.५टी क्षेत्रीय सार्वजनिक कार्यक्रम सम्पन्न



वीरगन्ज । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा टाटा योधा १.५टीको क्षेत्रीय लन्च वीरगन्जमा भव्य रूपमा सम्पन्न गरेको छ। व्यावसायिक प्रयोजनका लागि डिजाइन गरिएको यो शक्तिशाली पिकअप अब बीरगंजका ग्राहकहरूको लागि सहज रूपमा उपलब्ध हुनेछ।

कार्यक्रममा प्रमुख अतिथि अनिल अग्रवाल, अध्यक्ष, वीरगन्ज उद्योग वाणिज्य संघ, तथा विशिष्ट अतिथिहरू चिनिलाल पटेल, अध्यक्ष, पर्सा मदिरा व्यवसायी संघ, माधव राज पाल, उपाध्यक्ष, वीरगन्ज उद्योग वाणिज्य संघ, तथा जग्गु शाह, अध्यक्ष, नेपाल तरकारी फलफूल व्यवसायी संघ को उपस्थितिमा गाडी सार्वजनिक गरियो।

कार्यक्रममा बोल्दै, प्रमुख अतिथि अनिल अग्रवाल ले टाटा मोटर्सको विश्वव्यापी प्रतिष्ठा, सिप्रदीसँगको सशक्त साझेदारी, तथा उत्कृष्ट बिक्रीपछिको सेवाहरूको प्रशंसा गरे।

टाटा टाटा योधा १.५टीका प्रमुख विशेषताहरू:

  • शक्तिशाली ३ लिटर (२९५६ सिसि) डीजल इन्जिन – २५० एनएम टर्कसहित
  • १५०० किलोग्राम (१.५ टन) सम्मको भार बहन क्षमता
  • ३०% ग्रेडिएबिलिटी – अप्ठ्यारा बाटाहरू सहज पार गर्न सक्षम
  • मजबुत बनावट, उच्च ग्राउन्ड क्लियरेन्स र आरामदायी ड्राइभिङ्ग अनुभव
  • ४x२ तथा ४x४ विकल्पमा उपलब्ध

सिप्रदी ट्रेडिङ्गले नेपालभर आफ्नो बलियो बिक्री तथा सेवा नेटवर्क मार्फत ग्राहकहरूको आवश्यकताहरू पूरा गर्दै आएको छ। वीरगन्जमा सम्पन्न यस भव्य लन्च कार्यक्रम मार्फत, सिप्रदीले व्यवसायिक ग्राहकहरूको सफलताका लागि उत्कृष्ट गाडी र सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।


प्रतिक्रिया दिनुहोस्