हिमालयन लघुवित्तद्वारा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न « Arthapath.com
२१ असार २०८२, शनिबार

हिमालयन लघुवित्तद्वारा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न



काठमाडौँ । हिमालयन लघुवित्तले चैत्र ४ गते देखि चैत्र १० गतेसम्म ग्लोबल मनि विकको उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृतिको विकास गर्ने उद्देश्यका साथ ”थिंक बिफोर फलो वाइज मनि टुमरो” नारालाई आत्मसात् गर्दै केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ ओटै शाखा कार्यालयहरुबाट संस्थामा आवद्ध सदस्य तथा विशेषगरी विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी  र्‍याली समेत आयोजना गरेको थियो । संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत विद्यार्थीहरुमा आधारित उक्त कार्यक्रमबाट १२ सय २० जना छात्रछात्रासहित करिब १२ हजार जना लाभान्वित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्