बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१४ चैत्र २०८१, बिहीबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यसदिन सुनको मूल्य प्रतितोला एक हजार ३०० सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्