सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। आइतबार सुनको मूल्य ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार यस्तो सुन प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला बढेको हो।
यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ। गत शुक्रबार तोलाको २ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।