कीर्तिमानी उचाईमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । सुनको भाउ फेरि उकालो लागेको छ । बिहीबार एकैदिन तोलामा १ हजार २०० रुपैयाँ बढेको हो ।
योसँगै आज छापावाला सुनको ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो । बुधवार भने १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो ।
साताको पाँचौ कारोबार दिन चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी तोलामा २५ रुपैयाँ घटेर १ हजार ९९५ रुपैयाँ कायम भएको छ। बुधवार भने प्रतितोला २ हजार २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।