साताकाे अन्तिम काराेबार दिन झिनाे अंकले बढ्याे नेप्से

काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से सामान्य अंकले बढेकाे छ । बुधबार २३.८६ अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज ३.३५ अंकले बढेर २७ सय ३ दशमलव ३९ बिन्दुमा पुगेर राेकिएकाे छ ।
आज ९३ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ग्रिन भेन्चर लिमिटेडकाे सेयर मूल्य ९.९९ प्रतिशतले बढेकाे छ भने सुपर मादी हाइड्राेपावरकाे सेयर मूल्य ६.०६९ प्रतिशतले बढेकाे छ ।
यस्तै आज उपकार लघुवित्त वित्तिय संस्थाकाे सेयर मूल्य सर्वाधिक ७.८५ र विन नेपाल लघुवित्त वित्तिय संस्थाकाे सेयर मूल्य ६.१३ प्रतिशतले घटेकाे छ ।
यस्तै आज काराेबार रकम पनि बढेकाे छ । यसदिन १ कराेड ५५ लाख २ हजार ९९८ कित्ता सेयर ७ अर्ब ८४ कराे ४६ लाख ४२ हजार रूपैयाँमा काराेबार भउकाे छ ।
बुधबार १ कराेड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियाे।