एकैदिन झन्डै ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन मूल्यमा उच्च गिरवात्ब आएको छ । यसदिन सुन प्रतितोला तीन हजार ९०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा किनबेच भएको छ । बिहीबारको बजारमा चाँदी तोलाको एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।