घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ। आइतबार तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ।