थप एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
मंगलबार कम्पनीको २ लाख ९९ हजार ५४८.३६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस वितरण गरेको थियो । सोही बापतको सेयर सुचीकरण गराएको हो ।
अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।