सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा, कति दिने भयो ?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कम्पनीले १५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
आज अर्थात् चैत्र २८ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ६२ करोडको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश अब नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण हुनेछ ।