सिद्धार्थ प्रिमियरद्वारा बीमा प्रवद्र्वनात्मक कार्यक्रम सम्पन्न « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सिद्धार्थ प्रिमियरद्वारा बीमा प्रवद्र्वनात्मक कार्यक्रम सम्पन्न



काठमाडाैं । “नन लाइफ इन्स्योरेन्स अफ द इयर–२०२५” बाट सम्मानित सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बीमा प्रवद्र्वनात्मक कार्यक्रम सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा सम्पन्न गरेको छ ।

सर्लाहीको बरहथवा नगरपालिका स्थित होटल पाराडाइज पार्टी प्यालेसमा गरिएको उक्त कार्यक्रममा निर्जीवन बीमासंग सम्वन्धित विभिन्न बीमालेखका बारेमा जानकारी प्रदान गरिएको थियो ।

उद्योग वाणिज्य संघ बरहथवाका महासचिव अमरनाथ शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा इन्स्योरेन्सका मधेश प्रदेश उपप्रमुख श्याम कुमार सिंहले निर्जीवन बीमाका विभिन्न सेवाहरु र दावी भुक्तानीे प्रकृयाको बारेमा सरल तरिकाले प्रस्तूतिकरण गरेका थिए।

उद्योगी, व्यापारी, कृषक, बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु गरि करिव ९० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा बरहथवा नगरपालिका पशु सेवा शाखाका प्रमुख रामेश्वर राय विशिष्ट अतिथिका रुपमा रहि पशु बीमाको लाभ लिन अनुरोध गर्दै दावी भुक्तानी प्रक्रियाको लागि सेवा केन्द्रले यथोचित सहयोग गर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्