प्रधानमन्त्री केपी ओलीको रेल सपना पुरा हुँदै, नेपाल भित्रियो २ रेल « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

प्रधानमन्त्री केपी ओलीको रेल सपना पुरा हुँदै, नेपाल भित्रियो २ रेल



काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री हुने वित्तिकै रेल र पानिजहाजको कुरा गर्दा सबैले हाँसोमा उडाएका थिए । ओलीले दुईतिहाइको सरकारले चाहे सबै संभव भएको भन्दै रेल र पानि जहाजदेखी उपत्यकामा मेट्रो रेलसम्मको कुरा गरेका थिए ।

ओली प्रधानमन्त्री भएको ३ वर्ष पुग्नैलाग्दा बल्ल रेल चढ्ने नेपालीको सपना पुरा हुने भएको छ । नेपाल आफैले खरिद गरेर २ ओटा रेल नेपाल भित्र्याइसकेको छ । नेपालको राष्ट्रिय झण्डा अंकित रेल नेपाल आइपुगेको छ । नेपालको धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म चल्ने रेल नेपाल आइसकेको छ ।

एउटा इन्जिन जडित चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार नेपाल आइपसुगेको रेल विभागका अधिकारीहरुले बताएका छन । ८६ करोड लागतमा खरिद गरिएका दुई सेट रेल संचालनको मित तय भैसकेको छैन । सरकारले अव नेपालीले आफ्नो देशको झण्डा जडित नेपाली रेल भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर चढ्न पाउने भएका छन ।

रेल विभाग अन्र्तगत संचालन हुने रेल संचालनसंबन्धी कानुन बनिसकेको छैन । संसदले रेल संचालनसम्बन्धी कानुन बनाइरहेको छ भने रेल विभागले जनशक्ती पनि तयार गर्नमा जुटेको छ । विभागले १२१ जना कर्मचारी मागेको छ ।


प्रतिक्रिया दिनुहोस्