आज बजारमा फलफूल तथा तरकारीकाे मूल्य कस्ताे रहेकाे छ ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बिहिबारको लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
आज नेपाली ठूलो गोलभेडा प्रतिकेजी ३५ रुपैयाँ, लोकल सानो गोलभेडा प्रतिकेजी २२.६७ रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकेजी ३९ रुपैयाँ, लोकल गाजर प्रतिकेजी ३५ रुपैया, लोकल बन्दा प्रतिकेजी १२.३३ रुपैयाँ, स्थानिय काउली प्रतिकेजी २२.३३ रुपैयाँ, तने बोडी प्रतिकेजी ७० रुपैयाँ र मटरकोशा प्रतिकेजी ८५ रुपैयाँ थोक मूल्य तोकिएको छ ।
तितेकरेला प्रतिकेजी ४५ रुपैयाँ, पाकेको फर्सी प्रतिकेजी ३५ रुपैयाँ, भिण्डी प्रतिकेजी ८५ रुपैयाँ, चमसुर साग प्रतिकेजी ९५ रुपैयाँ, मेथी साग प्रतिकेजी ८५ रुपैयाँ, कोइरालो प्रतिकेजी २१० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५६.६७ रुपैयाँ, सौफको साग प्रतिकेजी ८५ रुपैयाँ, इमिली प्रतिकेजी १६५ रुपैयाँ, गुन्द्रुक प्रतिकेजी ३२६ रुपैयाँ र पुदीना प्रतिकेजी ३०० रुपैयाँ थोक मूल्य निर्धारण गरिएको छ ।
यस्तै केरा दर्जन प्रतिकेजी १५० रुपैयाँ, फूजी स्याउ प्रतिकेजी ३२६.६७ रुपैयाँ, अनार प्रतिकेजी ३२६.६७ रुपैयाँ, कालो अंगुर प्रतिकेजी २४० रुपैयाँ, हरियो अंगुर प्रतिकेजी १९० रुपैयाँ, भारतीय सुन्तला प्रतिकेजी १३३.३३ रुपैयाँ, जुनार प्रतिकेजी १९० रुपैयाँ, लोकल काक्रो प्रतिकेजी ९५ रुपैयाँ र रुख कटहर प्रतिकेजी ९५ रुपैयाँ थोक मूल्य रहेको छ ।
कन्य च्याउ प्रतिकेजी १५६.६७ रुपैयाँ, डल्ले च्याउ प्रतिकेजी ३२६.६७ रुपैयाँ, राजा च्याउ प्रतिकेजी २९० रुपैयाँ, सिताके च्याउ प्रतिकेजी ७५० रुपैयाँ, न्युरो प्रतिकेजी ७५ रुपैयाँ, कुरीलो प्रतिकेजी ४६६.६७ रुपैयाँ र ब्रोकाउली प्रतिकेजी ३५ रुपैयाँ थोक मूल्य तोकिएको तरकारी तथा फलफूल बजार बिकास समितिले जनाएको छ ।