आज बजारमा फलफूल तथा तरकारीकाे मूल्य कस्ताे रहेकाे छ ?
काठमाडौं । कालिमाटि फलफूल तथा तरकारी बजार बिकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आजको थोक मूल्य निर्धारण गरिएको हो ।
आज भारतीय ठूलो गोलभेडा प्रतिकेजी ५५ रुपैयाँ, लोकल सानो गोलभेडा प्रतिकेजी २२.६७ रुपैयाँ, रातो आलु पर्रतिकेजी ३४ रुपैयाँ, लोकल काउली प्रतिकेजी २७.६७ रुपैयाँ, रातो मूला प्रतिकेजी ४० रुपैयाँ, मटरकोशा प्रतिकेजी ८५ रुपैयाँ, तितेकरेला प्रतिकेजी ३७.६७ रुपैयाँ, सलगम प्रतिकेजी ६५ रुपैयाँ, भिण्पडी प्रतिकेजी ७५ रुपैयाँ न्युरो प्रतिकेजी ७५ रुपैयाँर ब्रोकाउली ३५ रुपैया थोक मूल्य तोकिएको छ ।
कागति प्रतिकेजी २८५ रुपैयाँ, अनार प्रतिकेजी ३२६.६७ रुपैयाँ, हरि,यो तरभुजा प्रतिकेजी ६५ रुपैयाँ, लोकल काक्रो प्रतिकेजी ८५ रुपैयाँ, भाइनिज नासपति प्रतिकेजी २५० रुपैयाँ, अम्बा प्रतिकेजी ११० रुपैयाँ, आभोकाडा प्रतिकेजी ६२६.६७ रुपैयाँ, अदुवा प्रतिकेजी १२० रुपैयाँ, अमला प्रतिकेजी ११० रुपैयाँ, भारतीय मेवा प्रतिकेजी ११० रुपैयाँ, रुख कटहर प्रतिकेजी ९५ रुपैयाँ र वुनार प्रतिकेजी १९० रुपैयाँ थोक मूल्य तोकिएको छ ।
यसैगरी कन्य च्याउ प्रतिकेजी १४६.६७ रुपैयाँ, डल्ले च्याउ प्रतिकेजी २२६.६७ रुपैयाँ, राजा च्याउ प्रतिकेजी २९० रुपैयाँ, र सिताके च्याउ प्रतिकेजी ७४३.३३ रुपैयाँ थोक मूल्य निर्धारण गरिएको छ ।
हरियो धनिया प्रतिकेजी १६६.६७ रुपैयाँ, अकबारे खुर्सानी प्रतिकेजी २५० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ३२६.६७ रुपैयाँ, कोइरालो प्रतिकेजी ३२६.६७ रुपैयाँ, पुदीना प्रतिकेजी ३१० रुपैयाँ, तोफु प्रतिकेजी ११५ रुपैयाँ, गुन्द्रुक प्रतिकेजी ३२६ रुपैयाँ र चमसुरको साग प्रतिकेजी ८५ रुपैयाँ रहेको तरकारी तथा फलफूल बजार बिकास समितिले जनाएको छ ।













