एनआरएनएको निर्वाचन गराउन समिति सक्रिय « Arthapath.com
१८ जेष्ठ २०८२, आईतबार

एनआरएनएको निर्वाचन गराउन समिति सक्रिय



काठमाडौँ । यही वैशाख २० देखि २२ गतेसम्म काठमाडौँमा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनको क्रममा नयाँ कार्यसमिति निर्वाचनको तयारी भई रहेको निर्वाचन समितिले जनाएको छ।

‘निर्वाचनको लागि हामीले आवश्यक तयारी गरिरहेका छौँ। एनआरएनए उच्चस्तरीय समितिबाट मतदाताको अन्तिम सूची प्राप्त हुनासाथ निर्वाचनको कार्य तालिका प्रकाशन गर्ने छौं’, प्रमुख निर्वाचन आयुक्त रहेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले भने ।

संघको विधानको मर्म तथा उच्चस्तरीय समितिले पारित गरेको कार्यविधिको आधारमा पारदर्शी र कानुन सम्मत तरिकाले निर्वाचन सम्पन्न गरिने उनको भनाइ छ ।

सर्वोच्च अदालतको परमादेश अनुसार एकता महाधिवेशन सम्पन्न गर्न र नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को चुनाव गराउन वरिष्ठ अधिवक्ता घिमिरे प्रमुख निर्वाचन आयुक्त र अधिवक्ता आशिष उप्रेती तथा सेवा निवृत्त मेजर डमर घले सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ।

अहिले पनि महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी छ। उच्चस्तरीय समितिले सोमबार एक पत्रकार सम्मेलन गर्दै महाधिवेशनको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको थियो।


प्रतिक्रिया दिनुहोस्