सरकार र आन्दोलनरत शिक्षकबीच दिउँसो २ बजे वार्ता हुने « Arthapath.com
१७ बैशाख २०८२, बुधबार

सरकार र आन्दोलनरत शिक्षकबीच दिउँसो २ बजे वार्ता हुने



काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघ बीचमा आज पनि वार्ता हुदैँछ ।

हिजो राती अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ः०० बजेवाट पुनः वार्ता हुन लागेको हो । सो वार्ता शिक्षा मन्त्रालयमा हुनेछ ।

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदवाट निर्णय गराउने योजना रहेको छ ।

दोस्रो चरणमा भने संसदवाट बिधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो ।

यद्दपी, बार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने बिहान ११ः०० बजे देखी नयाँ बानेश्वर–माइतीघर खण्डमा जारी रहेको अध्यक्ष लक्ष्मी किशाेर सुबेदीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्