रेशम चौधरीलाई रिहा गरिँदै « Arthapath.com
१७ बैशाख २०८२, बुधबार

रेशम चौधरीलाई रिहा गरिँदै



काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केहीबेरमा रिहा हुने भएका छन् । चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको हो । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ ।

‘मुद्दा विचाराधीन भएकै अवस्थामा एक शाखा अधिकृतबाट शंकास्पद हिसाबले पत्र जारी भएको देखियो, त्यसमाथि हामी छानबिन गर्दैछौं,’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘यस्तो अवस्थामा त्यो पत्रले वैधता पाउँदैन । उहाँलाई थुनामुक्त गर्ने पत्र जारी हुँदैछ ।’

चौधरीलाई प्रज्ञा भवन कमलादी परिसरबाट पक्राउ गरेर डिल्लीबजार कारागार लगिएको थियो ।


प्रतिक्रिया दिनुहोस्