सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद्काे असन्तुष्टि « Arthapath.com
१८ बैशाख २०८२, बिहीबार

सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद्काे असन्तुष्टि



काठमाडौं । विद्यालय कर्मचारीहरूले सरकारसँग गरेको ९ बुँदे सहमति नेपाल विद्यालय कर्मचारी परिषद्ले अस्वीकार गरेको छ।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूकाे सहमतिमा आपत्ति जनाएका हुन्।

शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९ औँ दिनपछि बुधबार सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिपछि आन्दोलन फिर्ता लिने निर्णय भएको थियो ।

शिक्षक महासंघले फिर्ता लिएको आन्दोलनको कार्यक्रमको विषयमा विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको भर्सना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्