कर प्रणालीमा संरचनात्मक रुपान्तरण

काठमाडौं । सरकारले कर प्रणालीमा संरचनात्मक रुपान्तरण गर्ने भएको छ ।
शुक्रबार आगामी आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो बताएका हुन् ।
औद्योगिकरण, लगानी प्रवद्र्धन र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने गरि कर प्रणालीमा संरचनात्मक रुपान्तरण गर्ने बताए । कर प्रशासन सुधार र सूचना प्रविधिको प्रयोग करदातामैत्री राजश्व प्रणाली विकास गरिने बताए ।