एसबिआई बैंकद्वारा मुसहर समुदायमा अत्यावश्यक तथा शैक्षिक सामाग्री वितरण

काठमाडाैं। नेपाल एसबिआई बैंकले मुसहर समुदायमा अत्यावश्यक तथा शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नं ७ का मुसहर समुदायलाई लक्षित गरी अत्यावश्यक तथा शैक्षिक सामाग्री वितरण गरेको हाे ।
बैंकका मधेश प्रदेश प्रमुख, उदय पञ्जियार थारुले समुदायका पचास परिवार तथा बालबालिकाहरुलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।
बैंकले बिपन्न तथा पिछडिएका वर्गहरुमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे बैंककाे हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।