फेरि महँगियो सुनको, आज प्रतितोला कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सुन महँगिएको छ । आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको हो ।
छापावाला सुन अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज भने बढेर १ लाख ८४ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजका लागि चाँदीको मूल्य १ हजार ९१० रुपैयाँ कायम भएको छ । यो गत शुक्रबारको तुलनामा भने २० रुपैयाँ कम हो । गत शुक्रबार १ हजार ९३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।