दराज नेपालले घोषणा गर्यो ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अभियान, जति धेरै किनमेल त्यती नै धेरै बचत !

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा गरेको छ ।
७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर सहितको यो विशेष अभियान वैशाख २२ देखि २६ गते (मे ५ देखि ९, २०२५) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
अभियान अवधि भर ग्राहकहरूले सिताफिल, ब्राण्डहाउस, ह्रोटो लगायत प्रतिष्ठित ब्रान्डका विभिन्न उत्पादनहरूमा दैनिक फ्ल्याश सेल मार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
सीमित अवधिका अफरहरू हरेक दिन अपडेट हुने हुँदा, मौकाको उचित फाइदा उठाउनका लागि दराज नेपालले दराज एपको फ्ल्याश सेल सेक्सन नियमित हेर्नु हुन ग्राहकहरू लाई विशेष अनुरोध गरेको छ ।
साथै, बेस्ट प्राइस ट्याग सहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । यदि कुनै ग्राहकले सोही उत्पादनलाई नेपालकै अरु कुनै अनलाइन प्लेटफर्ममा निर्धारित भन्दा सस्तो मूल्यमा फेला पार्न सकिनेछ भने सम्बन्धित सर्तहरू पुरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिने बताएको छ ।
५.५ को अर्को विशेष पक्ष भनेको ग्राहकहरूले न्यूनतम ४९९ रुपैयाा खर्च गरी चुनिएका विक्रेताहरु बाट उपलब्ध गरिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधापनि प्राप्त गर्न सकिनेछ । यसका लागि दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी फ्रि डेलिभरी पेजबाट भौचर संकलन गर्नुपर्ने कम्पनीले जनाएको छ ।
अभियान मार्फत दराज नेपालले केवल छुट र बचत मात्र नभई, आफ्ना उपभोक्तालाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेरेबल्स, फर्निचर, घर सजावट लगायत थुप्रै उत्पादन श्रेणीहरूमा आकर्षक अफरहरू अभियान अवधिभर उपलब्ध गराइनेछन् ।
दराज नेपालको ५.५ अभियान सम्बन्धी थप जानकारीका लागि www.daraz.com.np मा भ्रमण गर्नुहुन वा दराज नेपालको फेसबुक पेज वा दराज एपको प्रयोग गर्नुहुन कम्पनीले आग्रह गरेको छ ।