एकैदिन ५ हजार ३०० रुपैयाँ महँगियो सुन, प्रतितोला कति पुग्यो ?

काठमाडौं । मंगलबार सुनको भाउ ह्वात्तै बढेको छ । साताको तेस्रो कारोबार दिन छापावाला सुनको भाउ तोलामै ५ हजार ३०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ८४ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर यस दिन छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँ पुगेको छ ।
यस्तै, आज चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँ वृद्धि भई १ हजार ९६५ रुपैयाँ तोकिएको महासंले जनाएको छ । सोमबार भने १ हजार ९३० रुपैयाँमा किनबेच भएको थियो ।