नेपालका लागि आईएफसीको नयाँ आवासीय प्रतिनिधिमा रत्निजा अरन्डारा नियुक्त

काठमाडाैं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले रत्निजा अरन्डारालाई नेपालको लागि आवासीय प्रतिनिधि नियुक्त गरेको छ।
काठमाडाैं केन्द्रत रहेर अरन्डाराले आईएफसीको पोर्टफोलियो विस्तार गर्न, नयाँ लगानी र सल्लाहकार अवसरहरू विकास गर्न र देशभर संस्थाको प्रभाव बढाउने प्रयासहरूको नेतृत्व गर्नेछिन्।
श्रीलंकाली नागरिक अरन्दरा २०११ देखि आईएफसीको अभिन्न अंग रहिआएकी छिन्, जसले विश्व बैंक समूहमा आफ्नो व्यापक कामबाट प्रशस्त अनुभव हासिल गरेकी छिन्।
आईएफसीको नयाँ आवासीय प्रतिनिधिमा नियुक्ति हुनुभन्दा अघि, उनले दक्षिण एसियामा आईएफसीको देश सल्लाहकार र अर्थशास्त्र टोलीमा प्रमुख भूमिका खेलेकी थिइन् । त्यहाँ उनले वित्तीय समावेशीकरणलाई अगाडि बढाउने, कृषि व्यवसायलाई सुदृढ पार्ने र विभिन्न क्षेत्र र उद्योगहरूमा लगानीको वातावरण सुधारका लागि थुप्रै कामहरू गरेकी छिन् ।
नेपालमा आफ्नो नयाँ भूमिकामा, रथनिजाले आईएफसीको व्यावसायिक विकास पहलहरूलाई अगाडि बढाउनेछिन् भने अपस्ट्रीम संलग्नता विस्तार गर्नेछिन्, र विकास प्रभाव बढाउनको लागि आईएफसीको लगानी र सल्लाहकार गतिविधिहरूलाई उल्लेखनीय रूपमा बढाउन प्रमुख सरोकारवालाहरूसँग साझेदारीलाई गहिरो बनाउनेछिन्।
नेपालमा विश्व बैंक समूहको समग्र रणनीतिसँग पङ्क्तिवद्ध हुँदै दिगो र समावेशी वृद्धि हासिल गर्न हाम्रा सार्वजनिक र निजी क्षेत्रका साझेदारहरूसँग नजिकबाट काम गर्न तत्पर रहेको उनले बताइन् ।