नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयर मूल्यमा उछाल « Arthapath.com
२३ बैशाख २०८२, मंगलवार

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयर मूल्यमा उछाल



काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य लगातार उकालो लागिरहेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य १८ दिनमा कम्पनीको सेयर मूल्य ६ गुणाले बढेको छ । गत चैत २६ गते प्रतिकित्ता ३०२ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको कम्पनीको मूल्य आज १ हजार ८ सय ४६ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यसैगरी, गत चैत २८ गते ३०२ रुपैयाँ ५० पैसामा पहिलो कारोबार खुलेकोक्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १ हजार ५ सय २६ रुपैयाँ ५० पैसा पुगेको छ । यो अवधिमा कम्पनीको सेयरमूल्य ५ गुणाले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्