एचथ्रिआरसँग जि मोटर्सको सहकार्य, चितवनमा स्काईवेलको आधिकारिक डिलरशिप सुरु « Arthapath.com
२३ बैशाख २०८२, मंगलवार

एचथ्रिआरसँग जि मोटर्सको सहकार्य, चितवनमा स्काईवेलको आधिकारिक डिलरशिप सुरु



काठमाडौं । जि मोटर्स प्रा.लि.ले चितवनको एचथ्रिआर मोटर्सलाई स्काईवेलको आधिकारिक डिलर नियुक्ति गरेको छ ।

मंगलबार एक बैदिक पुजा एबम कार्यक्रमका बिच चितवनको भरतपुरमा कम्पनीले एचथ्रिआर मोटर्सलाई स्काईवेलको आधिकारिक डिलर नियुक्त गरेको हो ।

आजबाट चितवन क्षेत्रका ग्राहकहरुले स्काईवेलका प्रडक्टहरु टेस्टड्राइभ र बुकिङ्ग गर्न सक्नेछन् । यसका साथै बिक्री पश्चातका सेवा र पार्टस् सर्वशुलभ रुपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

उक्त बैदिक शुरुवातमा जि मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल र एचथ्रिआरका चेयरपर्सन हरी भन्डारीको उपस्थिति रहेको थियो ।

शोरुम शुभारम्भकै दिन एचथ्रिआर का पहिलो ग्राहक कृष्ण रेग्मि बनेका छन् । उनले ‘स्काईवेल बिइ११’ ५२० किमि रेन्ज दिने सवारी बुकिङ्ग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्