कांग्रेसले गभर्नरका रूपमा अघि सारेका विश्व पौडेलले सिफारिस समितिबाट दिए राजीनामा « Arthapath.com
२९ बैशाख २०८२, सोमबार

कांग्रेसले गभर्नरका रूपमा अघि सारेका विश्व पौडेलले सिफारिस समितिबाट दिए राजीनामा



काठमाडाैं । नेपाल राष्ट्र र्बैंकको १८ औं गर्भनर बन्न दौडमा रहेका गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएका छन् ।

गभर्नरका लागि डा. गुणाकर भट्टकको नाममा सहमति हुन नसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले गत शुक्रबार पौडेलको नाम अगाडी सारेका थिए ।

गभर्नर बन्ने अन्नतिम तयारीमा पुगेपछि उनले आइतबार समितिका संयोजक समेत रहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल समक्ष राजीनामा दिएका हुन् ।

आगामी गभर्नरको रुपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई अघि बढाउने सहमति भएको खबर बाहिरिएको थियो । भट्ट पनि बैंकको कार्यकारी निर्देशक पदबाट राजिनामा दिएर बसेका छन् ।


प्रतिक्रिया दिनुहोस्