आज संसद् बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै

काठमाडौं । आज संघिय संसद्को दुबै बैठक एकै दिन बस्ने भएकाे छ । आज बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बनधबारे छलफल हुने भएको छ ।
प्रतिनिध सभा बैठक आज मंगलबार बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १स्१५ मा बस्ने भएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने कार्यसूची तय भएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सोहि दिन सरकारले निति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।