तोलामा २ हजारले घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो « Arthapath.com
३० बैशाख २०८२, मंगलवार

तोलामा २ हजारले घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो



काठमाडौं । मंगलबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय कायम थियो ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्