जनताको करबाट तलब नखाने भन्दै लुम्बिनी प्रदेशकी प्रदेशसभा सांसद गीता गुरुङले दिइन पदबाटै राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशकी प्रदेशसभा सांसद गीता गुरुङले आज मंगलबार आफ्नो पदबाट राजीनामा दिएकि छिन् ।
सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद रहेकी गुरुङले लुम्बिनीका सभामुखसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन् । गुरुङले सभामुखलाई सम्बोधन गर्दै राजीनामा पत्रमा लेखेकि छिन्‘जनताको करबाट मैले पारिश्रमिक लिनु उपयुक्त छैन’ ।
गुरुङले राजीनामा पत्रमा जनताका आशाका किरणहरु लुप्त भइरहेको आफूलाई आभास भएको उल्लेख गरेकी छिन् । उनले आफूले जनताको पिर मर्का राम्ररी बुझेको उल्लेख गर्दै आजकै मितिदेखि लागू हुनेगरी राजीनामा दिएको उल्लेख गरेकी छिन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।
