सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो « Arthapath.com
१ जेष्ठ २०८२, बुधबार

सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेर १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार ९६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको थियो ।


प्रतिक्रिया दिनुहोस्