प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो सार्वजनिक

काठमाडौँ । प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो सार्वजनिक गरिएको छ ।
बुधबार बालुवाटारमा आयोजित गरीएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । प्रेस चौतारी नेपालले २०८२ लाई प्रशिक्षण वर्षको रूपमा लिएको छ ।
जनसङ्गठनका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन आयोजित गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रशिक्षण वर्ष २०८२ को लोगो सार्वजनिक गर्दै मर्यादित र व्यवसायीक पत्रकारिता क्षेत्रको विकास र पत्रकारको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको यो अभियानलाइ तारिफ गरेका छन् ।
उक्त कार्यक्रममा अध्यक्ष गणेश पाण्डेले प्रशिक्षण वर्ष २०८२ अन्तर्गत ७ वटै प्रदेश र ७७ वटै जिल्लामा पत्रकारहरूका लागि आधुनिक पत्रकारिता, डिजिटल माध्यम, प्रेस स्वतन्त्रता, र श्रम अधिकार जस्ता विषयमा प्रशिक्षण सञ्चालन गर्ने बताएका छन् ।
सो कार्यक्रममा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम लगायत नेताहरूको सहभागिता रहेको थियो ।