जेठ १ देखी देशभर टाटाको ‘प्रि–बजेट एक्सचेन्ज फेस्ट’ के के छन् सुविधा ?

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जेठ १ गते देखी प्रि(बजेट एक्सचेन्ज फेस्ट आयोजना गरेको छ ।
टाटाले आयोजना गरेको यो फेष्ट जेठ १ देखि ४ सम्म (१५ देखि १८ मे २०२५) चार दिनसम्म सञ्चालन हुनेछ ।
ग्राहकहरूले यस मेलामा कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन् । यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरीज, र जीवनभर निःशुल्क चार्जिङ जस्ता सुविधा पाउनेछन् ।
कम्पनीले टाटाको नयाँ गाडी एक्सचेन्ज गर्ने ग्राहकलाई ८०५ सम्म वित्तीय सुविधा पनि उपलब्ध गराउने जनाएको छ । जसले इलेक्ट्रिक गाडी किन्ने प्रक्रिया अझै सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ ।
टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलहरूमा यो अफर लागू हुनेछ ।
अतिरिक्त रूपमा, ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र त्यसको जडान सुविधा पाउनेछन् । इच्छुक ग्राहकहरूले देशभरमा रहेका सिप्रदीको आधिकारिक सोरुममा गई मेलाको अवलोकन तथा ईभी गाडीहरू टेस्ट ड्राइभ गर्न सक्नेछन् ।