एलआइसी नेपालको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले लाभांश घोषणा गरेको छ । कम्पनीले यो वर्ष आफन सेयरधनीलाई साढे १० प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने भएको हो ।
बुधवार बसेको कम्पनी संचालक समितिको बैठकले सो बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
अब उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणले पारित गरेपछि वितरण हुनेछ ।