सुनकाे मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं । बिहिबार नेपाली बजारमा सुनकाे मूल्यमा भारी गिरावट आएकाे छ । हिजाे (बुधबार) ताेलामा ५ सय रूपैयाँले बढेकाे सूनकाे मूल्य आज एकैतिन प्रतिताेला ३ हजार ५०० रूपैयाँले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो ।